डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

काठमाडौं। डेब्यु खेलमै अर्जुन कुमालले अविजित ४३ रन बनाएपछि पोखरा एभेन्जर्सले जितसहित नेपाल प्रिमियर लिग (एनपीएल) सकाएको छ।
शनिबार सम्पन्न खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो। चितवनले दिएको १२१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गमाउँदै पूरा गर्यो । जितसँगै पोखराले ७ खेलमा ६ अंक बनाउँदै पाँचौं स्थानमा रहेर प्रतियोगिता सकायो। समान खेल खेलेको चितवनको ४ अंक मात्र रह्यो।
पोखराको जितमाएडम रोसिङटनले सर्वाधिक ६५ रन बनाए। ४८ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गरे। प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे। उनले ५३ बल खेल्दै १ छक्का र २ चौका प्रहार गरे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन बनाएको थियो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। अल्पेश रामजानीले अविजित ३३ रन बनाए। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।












-1765077380744.webp&w=3840&q=75)
