पोखरालाई चितवनको सामान्य लक्ष्य
शनिबार, २० मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सलाई सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन बनाएको हो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। अल्पेश रामजानीले अविजित ३३ रन बनाए। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।















