पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार
मंगलबार, १६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको हो। पोखराले दिएको २०३ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो।
योसँगै पोखराले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। पोखराले ५ खेलबाट ४ अंक पुर्याएको छ। कर्णालीको भने यो लगातार चौथो हार हो। ६ खेल खेलेको कर्णालीको भने २ अंक छ।







-1764662383271.webp&w=3840&q=75)


-1764668485959.png&w=3840&q=75)
