एजेन्सी । स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६मा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा मोरक्कोसंग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता बन्न सफल भयो ।
समुहको अर्को खेलमा पोर्चुगलले ईरानसंग बराबरी खेलेपछि स्पेन समुह विजेताको हैसियतामा प्रि क्वार्टरफाईनलमा स्थान बनाएको हो । खेलमा सुरुवाती अग्रता मोरक्कोले १४ औ मिनेटमा खालिद बाउटेबले गोलबाट लिएको थियो ।
इशकोले १९ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिन ९ मिनेट अगाडी युसुफ एन नासरीले गोल गर्दै मोरक्कोलाई पुन अग्रता दिलाएका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा इयागो आसपसले गोल गर्दै मोरक्कोसंग अंक खोस्न सफल भए ।
स्पेनले ३ खेलबाट ५ अंक जोड्दै समुह विजेता बन्यो । समान अंक भएपनि गोल अन्तरका आधारमा पोर्चुगल उपविजेताको रुपमा नकआउट चरणमा पुग्यो । इरान ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो । मोरक्कोले एक अंक सहित प्रतियोगितालाई सुखद विदाई ग¥यो ।
अब के हुन्छ ?
समुह बीको विजेताको हैसियतले स्पेनले अब प्रि क्वार्टरफाईनलमा समु्ह एको उपविजेता आयोजक राष्ट्र रुससंग प्रतिस्पर्धा गर्नेछ । उपविजेता पोर्चुगलले समुह एको विजेता उरुग्वेलाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।