काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज (बिहिबार) विभागीय एपिएफ र रिस्सो विश्वविद्यालय प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ ।
दुबै टोली जित निकाल्दै फाइनल प्रबेश गर्न चाहन्छन् ।
यसअघि, एपीएफले रुस्लान थ्री स्टार क्लबलाई १–० ले पराजित गरेको थियो । यता, रिस्सो विश्वविद्यालयले पनि नेपाल पुलिसको चुनौती पन्छाउँदै सेमिफाईनल यात्रा तय गरेको थियो ।
एपीएफको टोली मोफसलको प्रतियोगितामा फाईनल पुग्न सकेको छैन । रिस्सो पहिलो खेल खेल्न नेपाल आएको हो ।
दोस्रो सेमिफाइनलमा दाउफिन्स र मनाङ भिड्नेछन् । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजारमा चित्त बुझाउने छ । प्रतियोगितामा ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।