शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

शनिबार, कार्तिक ९, २०८२खेलपाटी संवाददाता
भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता
Classic Tech Internet Ad

काठमाडौं। अस्ट्रेलियाविरुद्धको सिरिजअघि भारतीय क्रिकेटमा एउटा ठूलो प्रश्न थियो– रोहित शर्मा र विराट कोहलीले के २०२७ विश्वकपसम्म खेल्नेछन्?

पहिलो खेलमा दुवैजना असफल भएपछि त्यो प्रश्न अझ बलियो बन्यो। दोस्रो खेलमा रोहितले रन बनाए। तर, कोहली फेरि पनि रनविहीन रहे। तर, शनिबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा दुवैले सानदार प्रदर्शन गरे। रोहितले शतक र कोहलीले अर्धशतक प्रहार गरे।

सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २३६ रन बनायो। जवाफमा भारतले ११.३ ओभर बाँकी रहँदा ९ विकेटको जित हात पार्‍यो। कप्तान रोहित शर्मा १२१ रनमा अविजित रहे।

कोहली ८१ बलमा ७४ रनमा अविजित रहे। पहिलो दुई खेलमा ‘डक’मा आउट भएका कोहलीका लागि यो पुनरागमन विशेष रह्यो। भारतका ओपनर शुभमन गिल २४ रनमा आउट भएपछि रोहित–कोहली जोडीले १६८ रनको साझेदारी गरे र जित सुनिश्चित गरे।

यद्यपि, सिरिज अस्ट्रेलियाले २–१ ले जित्यो। रोहित म्यान अफ द म्याच र म्यान अफ द सिरिज दुवै घोषित भए। उनले तीन खेलमा जम्मा २०२ रन बनाए।

यो इनिङ्ससँगै कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ माइलस्टोन हासिल गरे। खेलअघि उनका नाममा १४ हजार १७६ रन थियो। शनिबारको ७४ रनको इनिङ्स पछि उनले श्रीलंकाका महान् ब्याटर कुमार सङ्गकारा (१४ हजार २३४ रन) लाई पछि पार्दै बने एकदिवसीय क्रिकेट इतिहासका दोस्रो सर्वाधिक रनकर्ता बने।

कोहलीले यो उपलब्धि ३०५ खेलमा हासिल गरे। शीर्षस्थानमा भने अझै पनि सचिन तेन्दुलकर छन्, जसका नाममा १८ हजार ४२६ रन छन्। अस्ट्रेलियाका लागि ट्राभिस हेड र मिचेल मार्शले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे।

तर, त्यसपछि भारतीय बलरहरूले दबाब बनाउँदै गए। हर्षित राणाले ३९ रनमा ४ विकेट लिएर अस्ट्रेलियालाई २० बल बाँकी रहँदा समेटे। उनका शिकार बने, एलेक्स केरी, मिचेल वेन, कुपर कोनोली र जोश हेजलवुड।

मार्श ४१ रनमा आउट भए र म्याट रेनशले सर्वाधिक ५६ रन जोडे। भारतका लागि वाशिंगटन सुन्दरले २ विकेट लिए, जसले अस्ट्रेलियाको अन्तिम ५ विकेट ४७ रनभित्रै झारे।

यो जितसँगै भारतले सिरिज हार टार्न सकेन। तर, रोहित–कोहलीको पुनरागमनले आगामी अस्ट्रेलिया सिरिजअघि भारतीय टोलीलाई नयाँ आत्मविश्वास प्रदान गरेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

Bajaj Pulsar Motorcycle Ad
दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

भारत नआउने भए मेसी

भारत नआउने भए मेसी

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य