एजेन्सी । विश्वकप फुटबल अन्तर्गत पहिलो हाफको समाप्तिमा स्पेन र मोरक्कोले बराबरी खेलेका छन् । समुह चरणको अन्तिम खेलको पहिलो हाफ सकिदाँ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
मोरक्कोले पहिलो हाफमै स्पेनविरुद्धको खेलमा अग्रता लिएको थियो । खेलको १४ औ मिनेटमा मोरक्कोकालागि खालिदले गोल गरेका थिए । त्यसको ५ मिनेटपछि इश्कोले गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।
अघिल्लो चरण प्रवेश गर्न स्पेनलाई आजको खेलमा बराबरीनै पर्याप्त छ । मोरक्को प्रतियोगितबाट बाहिरिसकेको छ ।