नेपालको सुपर सिक्सको सम्भावना लभगभ पक्का
बिहिबार, असोज २३, २०८२Admin User

काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ।
सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो। जितसँगै सुपर सिक्सको सम्भावना लभगभ पक्का गरेको छ। अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो।
कुवेतका ओपनर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए। यासिन पटेलले १९ र मीत भाब्सारले ११ रन जोडे।
नेपालका ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट लिए।














-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)