एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलमा इरानविरुद्ध पोर्चुगलले पहिलो हाफमा १ - ० को अग्रता बनाएको छ ।
मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
समूह बी मा रहेको पोर्चुगल र इरान आजको खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।
पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ । यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।