नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

काठमाडौं। पाकिस्तानबाट फुटबल खेलाडी बनाएर २२ जनालाई अवैध रूपमा जापान प्रवेश गराउन खोजिरहेको आरोपमा एक समूह पक्राउ परेको छ।
नक्कली कागजात प्रमाणित भएपछि ती २२ जनालाई भने विमास्थलबाटै स्वदेश फर्काइएको छ। सियालकोटबाट एउटा फुटबल टोली जापान गएको थियो।
ती टोलीका सबै सदस्य नक्कली कागजातसहित जापान गरेका हुन्। फुटबलरको परिचयपत्र नक्कली ठहरिएका कारण उनीहरूलाई सुरुमै विमानस्थलमै रोकिएको थियो। सबै विवरण जाँचपछि उनीहरूलाई पुनः पाकिस्तान फर्काइएको हो।
मानव बेचबिखनको स्वरूप फुटबलरको भेषमा २२ जनालाई जापान लैजान खोजिएको आशंका गरिएको छ। पाकिस्तानको फेडरल इन्भेष्टिगेसन एजेन्सी (एफआईए) ले यो समाचारको पुष्टि गर्दै २२ जना सियालकोट विमानस्थलमार्फत जापान पुगेको जनाएको छ। उनीहरू फुटबल टोलीका रूपमा जापान गएका थिए।
जापानी अधिकारीहरूले उनीहरूबाट नक्कली कागजात फेला पारेका थिए। घटनाबारे एफआईएले अनुसन्धान सुरु गरेको छ। यो समूहको नाइके मालिक वाकास नामक व्यक्ति रहेको बताइएको छ। उनलाई पक्राउ गरी गुजरानवालामा मुद्दा दर्ता गरिएको छ।
एक अनुसन्धानकर्ताले बताएका छन्, ‘वाकासले केही समयअघि गोल्डेन फुटबल ट्रायल नामक फुटबल क्लब दर्ता गरेका थिए। उनले सबैलाई फुटबलरझैँ बनाउन प्रशिक्षण दिएका थिए। जापान पठाउने नाममा उनले प्रत्येक व्यक्तिबाट ४० लाख रुपैयाँ उठाएका थिए। अनुसन्धान अघि बढेपछि थप जानकारी आउन सक्नेछ।’