शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

२०२५ सेप्टेम्बर १३, शनिबारAdmin User

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अञ्जन विष्टले देशमा फुटबल लिग नहुँदा बंगलादेश जानु परेको पीडा पोखेका छन्। ब्रदर्स युनियनसँग सम्झौता गर्दै ढाका पुगेका अञ्जनले फेसबुकमार्फत हृदयविदारक भाव व्यक्त गर्दै लेखेका छन्,‘दुई छाक टार्न र बाबाआमाको सपना पूरा गर्न बाध्यतावश अरूको देशमा छु।’

उनी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ताको सूचीमा (१३) रहेका खेलाडी हुन्। राष्ट्रिय टोलीका फरवार्ड भएर पनि आफ्नै माटोमा खेल्ने ठाउँ नपाएको व्यथा अञ्जनको शब्दमा झल्किएको छ। उनले भनेका छन्,‘म यो देशको राष्ट्रिय फुटबल खेलाडी हुँ, तर धेरै वर्षदेखि नेपालमा लिग नहुँदा बाध्यतावश छिमेकी मुलुकको लिग खेल्न आउनुपरेको छ।’

अञ्जनसँगै राष्ट्रिय टोलीका अन्य तीन खेलाडी एरिक विष्ट, सनीश श्रेष्ठ र योगेश गुरुङ पनि बंगलादेश प्रिमियर लिग क्लब ब्रदर्स युनियनमा आबद्ध भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले करिब दुई वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्न नसकेपछि उनीहरू सबै ढाकाको मैदान धाउन बाध्य भएका हुन्।

नेपालका लागि हरि खड्का र निराजन रायमाझीसँगै समान १३ गोल गर्दै कीर्तिमान बनाइसकेका अञ्जनले आफ्नो पोस्टमा अझै भावुक हुँदै लेखेका छन्–

‘मेरो नेपाल आमा रोइरहेकी छिन्। देशमा क्रान्तिको ज्वाला दन्किरहेको छ, अञ्जान युवाहरू बलिदान दिइरहेका छन्। तर म चाहिँ अरूको देशमा खेल्न बाध्य छु। मलाई माफ गर्नुहोस्, मैले केही सहयोग गर्न सकिनँ।’

अञ्जनले आन्दोलनका क्रममा सहिद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एन्फासँग तात्कालिक रूपमा घरेलु लिग पुनः सुरु गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।

नेपालका फुटबल मैदान सुनसान भइरहँदा बंगलादेशको ढाकामा भने नेपाली खेलाडीहरूको भीड बाक्लिँदै गएको छ। अञ्जनको एक छाक टार्न अरूको देशमा छु भन्ने वाक्य मात्र व्यक्तिगत पीडा होइन, अहिलेको नेपाली फुटबलको सामूहिक दुःख बनेर गुञ्जिरहेको छ

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

Bhat Bhateni
अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले