शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली
२०२५ सेप्टेम्बर ११, बिहिबारAdmin User

काठमाडौं। एएफसी यु–२३ एसियन कप खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश फर्किने भएको छ।
टोलीले ३ देखि ९ सेप्टेम्बरसम्म प्रतियोगिता खेलेको थियो। बुधबार फर्किने तय भए पनि उडान नभएपछि टोली रातभर विमानस्थलमै सुतेको थियो। तर, शुक्रबार टोली आउने निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिए। नेपालले छनोटमा तीन खेल खेलेको थियो।
तर, ती सबै खेलमा नेपाल पराजित हुन पुग्यो। पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो। त्यसपछि सिरियासँग ४–२ र फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो।