घर फर्कन पाएन बंगलादेशको टोली
२०२५ सेप्टेम्बर ९, मङ्गलबारAdmin User

काठमाडौं । दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएको बंगलादेशको फुटबल टिम होटलमै अड्किएको छ ।
जेन जी प्रर्दशनका कारण नेपालको अवस्था अस्तब्यस्त भएपछि बंगलादेशको टिम स्वदेश फर्कन नपाएको हो ।
आन्दोलनका कारण मगलबार बिमानस्थल बन्द गरिएको थियो ।
एन्फाले आन्दोलनका लागि मंगलबार हुने मैत्रीपूर्ण फुटबल खेललाई रद्ध गरेको थियो ।
पहिलो खेलमा नेपाल र बंगलादेशले गोल रहित बराबरी खेलेका थिए ।