शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन

हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन

२०२५ सेप्टेम्बर १, सोमबार

हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन

काठमाडौं। अगष्ट १३ देखि बंगलादेश राष्ट्रिय फुटबल टिमको अभ्यास सुरु भए पनि बसुन्धरा किङ्सले आफ्ना १० खेलाडी ढिलो छाडेकाले आइतबार बेलुकी मात्र पूर्ण टोलीले पहिलोपटक प्रशिक्षण पाएको छ। 

तर, सोमबारको अभ्यास सत्रभन्दा बढी इङ्ल्यान्डमा खेल्दै आएका हम्जा देवान चौधरीको विषयमै केन्द्रित रह्यो। बंगलादेशले आगामी सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालसँग दुईवटा फिफा मैत्रीपूर्ण खेल खेल्नेछ।

त्यसकै तयारीस्वरूप टोली ३ सेप्टेम्बरमा नेपाल प्रस्थान गर्नेछ। तर, लेस्टर सिटीबाट खेल्दै आएका हम्जा यसपटक खेल्ने हो कि होइन भन्ने अझै निश्चित भएको छैन। 

यसबारे प्रश्न गर्दा मुख्य प्रशिक्षक हाभियर काब्रेराले भने, ‘यो व्यवस्थापनको विषय हो, फेडेरेसनले हेरेको छ।’ योजना अनुसार हम्जा टिममा छन् कि छैनन् भन्ने दोहोरिएको प्रश्नमा प्रशिक्षकले भने, ‘यो टोली नेपाल भ्रमणका लागि तयार छ। यदि हम्जा आउन सकेनन् भने पनि ठूलो समस्या हुने छैन।’

तर, टिमका कप्तान तोपु बर्मनले भने हम्जा अनुपस्थित भए केही असर पर्ने संकेत गरे। ‘धेरै कुरा हामी हम्जालाई केन्द्रमा राखेर सुरु गर्छौं। उनी व्यस्त भए पनि आउन प्रयास गरिरहेका छन् भन्ने सुनेको छु। नआउने भए निश्चितै अलिकति कठिनाइ हुन्छ, तर हामी त्यसलाई पनि सामना गर्छौं,’ तोपुले प्रतिक्रिया दिए।

फिफा नियमअनुसार विन्डो अवधिमा खेलाडी बोलाइएपछि क्लबले छाड्नैपर्छ। खेलअघि कम्तीमा ४८ घण्टा अगाडि राष्ट्रिय टोलीसँग उपलब्ध गराउने दायित्व पनि क्लबकै हो।

उल्लंघन भएमा फेडेरेसनले कारबाही गर्न सक्छ। तर, बंगलादेश फुटबल फेडेरेसन (बीएफए) यसबारे केही ‘ढिलो नीति’मा चलेको देखिन्छ। 

म्यानेजर अमेर खानले भने,‘हिजो पनि यो विषयमा भनिसकेको छु। अझै छलफलकै क्रममा छ। हिजो राति पनि व्यक्तिगत रूपमा हम्जासँग कुरा भएको छ, उनी आफैं यसबारे प्रयासरत छन्।’

यसैबीच बंगलादेशले आगामी अक्टोबर ९ मा हङकङविरुद्ध एएफसी एसियन कप छनोट खेल खेल्नेछ। त्यसको तयारीस्वरूप नै नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल तय गरिएको हो। यसबारे तोपु बर्मनले भने,‘नेपाल र हङकङको खेल्ने शैली उस्तै जस्तो छ। दुवै टोलीले लो–ब्लक डिफेन्स गर्छन्। नेपालविरुद्धको खेल हङकङ तयारीका लागि उपयोगी हुनेछ।’

सेप्टेम्बर ६ मा पहिलो खेल हुनेछ। अब पाँच दिन मात्र अभ्यास बाँकी रहे पनि तोपुले यसलाई पर्याप्त बताए। ‘हामी लामो समयदेखि सँगै खेल्दै आएका छौं। पाँच दिन पर्याप्त हुनेछ,’ तर उनले नेपालको मैदान र वातावरणबारे भने चिन्ता व्यक्त गरे,‘यहाँको मौसम र उचाइ केही समस्या हुन सक्छ। सुनेको छु दशरथ रंगशालामा एएफसीले आधिकारिक प्रतिस्पर्धा गर्न अनुमति दिएको छैन। कहाँ खेल हुन्छ भन्ने अझै प्रस्ट छैन।’

यद्यपि, एएफसीले आधिकारिक प्रतियोगिता आयोजनामा रोक लगाए पनि मैत्रीपूर्ण खेल आयोजना गर्न भने कुनै समस्या छैन। त्यसैले बंगलादेश र नेपालबीचका दुवै खेल सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामै हुने निश्चित भएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई