मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

इत्तिहादको जितमा प्रीतिको गोल

आइतबार, भदौ १५, २०८२खेलपाटी संवाददाता
इत्तिहादको जितमा प्रीतिको गोल
Classic Tech Internet Ad

काठमाडौं।  नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईको गोलसँगै इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।

हाङ जेबात रंगशाला आइतबार सम्पन्न समूह ‘सी’ को अन्तिम खेलमा केलना युनाइटेडलाई ४–० ले पराजित गरेको हो। तर, इत्तिहादले नकआउट चरणमा प्रवेश पाउने–नपाउने कुरा भने अन्य समूहहरूको नतिजापछि मात्रै पक्का हुनेछ। टोलीलाई उत्कृष्ट दोस्रो स्थान बन्ने सम्भावनामा अझै पर्खिनुपर्ने छ।

खेलमा इत्तिहादले बलमा स्पष्ट पकड जमायो। इउजेनीय टेटे र प्रीति राईले केलेनाको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे। २३औं मिनेटमा इनास अलजमाअिनले समयमै दिएको पासलाई रोउजबाहन फ्राइजले सदुपयोग गर्दै गोलकीपर नुर्दियाना रोस्टामलाई छक्याएर इत्तिहादलाई अग्रता दिलाइन्।

३१औं मिनेटमा भने इत्तिहादले दोस्रो गोल उपहारमै पायो। फ्राइजको क्रसलाई क्लियर गर्ने प्रयासमा केलेनाकी शलिका अरेलियाले आफ्नै पोस्टमा लगाइन्। ३४औं मिनेटमा प्रीतिले शक्तिशाली प्रहार गरे पनि बल साइड नेटमा लागेर फर्कियो।

६८औं मिनेटमा इत्तिहादको सहज आक्रमणको फलस्वरूप सिडालिया कुटाले दिएको क्रसलाई प्रीतिले बक्सभित्रैबाट भली गर्दै स्कोर ३–० बनाइन्।

८७औं मिनेटमा फेरि शलिकाले प्रीतिमाथि फाउल गर्दा इत्तिहादले पेनाल्टी पायो। स्पट किक लिन पुगेकी कुटाले सजिलै गोल गर्दै टोलीको जितलाई ४–० मा टुङ्ग्याइन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

Bajaj Pulsar Motorcycle Ad
एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन