शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. एपिएफको पोस्टमा अल–नासारको आधा दर्जन गोल

एपिएफको पोस्टमा अल–नासारको आधा दर्जन गोल

२०२५ अगस्ट ३१, आइतबारखेलपाटी संवाददाता

एपिएफको पोस्टमा अल–नासारको आधा दर्जन गोल

काठमाडौं। साउदी अरबको अल–नासार क्लबले विभागीय टोली एपीएफलाई ६–१ ले हराउँदै एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण सक्काएको छ।

यो नतिजासँगै अल–नासार समूह ‘बी’ मा ३ अंकसहित तेस्रो स्थानमा रह्यो भने एपीएफ अंकविहीन रहँदै चौथो स्थानमा सीमित भयो। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए।

खेलको चौथो मिनेटमै अल–नासारले अग्रता लियो। एपीएफकी अनिता बस्नेतको कार्नरलाई गोलकिपर मोना अलोवाइसले लाइनबाटै बचाउँदै तुरुन्तै लामो पासमार्फत काउन्टर अट्याक सुरु गरिन्। बल शोखन सालिहीमार्फत क्लारा लुभाङ्गासम्म पुग्यो र उनले सहजै गोल गरिन्।

लुभाङ्गाले त्यसपछि पनि लगातार दबाब बनाइन्। तर, एपीएफकी गोलकिपर अञ्जिला सुब्बाले उनका दुई प्रहार रोकिन्। ४१औं मिनेटमा भने अल– नासारले दोस्रो गोल जोड्यो।

काथेलेनको क्रस एपीएफको डिफेन्सलाई छलेर मारिया दा सिल्भाले नजिकैबाट प्रहार गर्दै गोल गरिन्। दोस्रो हाफमा एपीएफले प्रदर्शन सुधार्यो र ५०औं मिनेटमा गोल फर्कायो। 

अलोवाइस पोस्ट छाडेर अगाडि निस्किँदा सविता रानामगरले मिडफिल्ड नजिकैबाट प्रहार गरी सानदार गोल गरिन्। तर, ६२औं मिनेटमा अल–नासारले अग्रता पुनः फराकिलो बनायो। 

दायाँपट्टिबाट दौडिएकी रुथ किपोईको क्रसलाई लुभाङ्गाले टाढाको पोस्टबाट फिनिसिङ गर्दै स्कोर ३–१ बनाइन्। ७०औं मिनेटमा दा सिल्भाले बाँया भागबाट फ्री–किकमार्फत चौथो गोल गरिन्। 

त्यसपछि ८०औं मिनेटमा उनले टाढाबाट स्वर्भिङ सुन्दर गोल गर्दै व्यक्तिगत पाँचौं गोल थपिन्। ८६औं मिनेटमा सालिहीले अफसाइड ट्याप गर्दै अञ्जिलालाई ड्रिबल गरेर टोलीलाई ६–१ को सानदार जित दिलाइन्।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई