राष्ट्रिय टोलीमा समीरको पुनरागमन
शुक्रबार, भदौ १३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। समीर तामाङलाई पुनरागमन गराउँदै मुख्य प्रशिक्षक म्याट रसले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अन्तिम टोली घोषणा गरेका छन्।
नेपालले ६ र ९ सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक रसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। समीरले गत मार्चमा फिफा विश्वकप छनोट २०२६ अन्तर्गत बहराइनविरुद्ध नेपाली टोलीमा डेब्यु गरेका थिए। उक्त खेलमा नेपाल ५–० ले पारजित भएको थियो।
त्यसयता उनी टोलीबाट बाहिर रहँदै आएका थिए। यद्यपि, यसपल्ट भने उनी टोलीमा अटाएका छन्।








-1762856022963.jpg&w=3840&q=75)





