एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले समूह चरणको अन्तिम खेलमा इरानले पोर्चुगलसँग प्रतिस्पर्धा गरिरहेको छ ।
समूह बी मा रहेको पोर्चुगल इरानबीचको खेल मोर्डोभिया एरिनामा सुरु भएको हो ।
पोर्चुगल र इरान एक अर्कामा मैदान उत्रदा दुवैको लक्ष्य ३ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्नु रहेको छ । पोर्चुगलको ४ अंक छ भने इरानको ३ अंक छ । यो खेल जित्ने टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
यस्तोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।