बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सनको कीर्तिमानी ट्रान्सफर

बिहिबार, साउन २३, २०८२खेलपाटी संवाददाता
सनको कीर्तिमानी ट्रान्सफर
Classic Tech Internet Ad

काठमाडौं। कोरियन स्टार खेलाडी सन ह्युन–मिन अमेरिकी क्लब लज एन्जलस एफसी (एलएएफसी)मा आबद्ध भएपछि लस एन्जलसमा दुई दिनसम्म न्यानो स्वागत पाए।

टोटनह्यामका पूर्व कप्तान तथा फरवार्ड मंगलबार साँझदेखि बिहीबारसम्म नयाँ क्लबसँग सम्झौता पूरा गर्नका लागि लस एन्जलसमा थिए।

बुधबार बेलुका उनले बीएमओ स्टेडियमको एक सुइटबाट एलएएफसीको लिग्स कप खेल हेरे। उक्त खेलमा एलएएफसीले टिग्रेसलाई २–१ ले पराजित गर्‍यो।

दर्शकहरूले उनलाई स्क्रिनमा देखे, स्टेडियमभरि हुटिङ र ताली गुञ्जियो। समर्थकहरूलाई नमस्कार गर्दै उनले अभिवादन स्वीकारे।

बिहीबार उनलाई आधिकारिक रूपमा सार्वजनिक गरियो। टोटनह्याम र एलएएफसी दुवैले यो ऐतिहासिक ट्रान्सफर घोषणा गरे।

तीन वर्षको अनुबन्धमा सन् २०२८ र २०२९ को पहिलो भागका लागि थप विकल्प समेत राखिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार यो ट्रान्सफरको मूल्य २६.५ मिलियन डलर छ, जुन एमएलएस इतिहासमै सबैभन्दा महँगो खेलाडी ट्रान्सफर हो।

प्रेस कन्फरेन्समा सोनले भने, ‘एलए… कस्तो सहर!’  उनले यस निर्णयमा एलएएफसीका महाप्रबन्धक जोन थोरेङटनको भूमिकालाई विशेष धन्यवाद दिए।

‘उहाँले मेरो मन मात्र होइन, मेरो सोचाइ नै परिवर्तन गर्नुभयो,’  सनले भने, ‘उहाँले मलाई यो सहर मेरो नयाँ गन्तव्य हुनुपर्छ भन्ने महसुस गराउनुभयो।’ 

सनले लस एन्जलसको ठूलो कोरियन समुदाय (३.२ लाखभन्दा बढी) पनि निर्णयको अर्को मुख्य कारण भएको बताए।

‘कोरियनको हिसाबले अमेरिकाभित्र यति धेरै कोरियन भएको सहरमा आउन पाउनु मेरो लागि गर्वको कुरा हो,’  उनले अनुवादकमार्फत भने, ‘म मेरो प्रदर्शनबाट उनीहरूलाई गर्व गराउनेछु।’ 

टोटनह्याम टोलीका पूर्वसहकर्मी तथा हाल एलएएफसीका गोलकिपर हुगो लोरिसले पनि उनलाई लस एन्जलसको बारेमा बुझाउन र मनाउन सहयोग गरेका रहेछन्। ‘हुगोले मलाई  लस एन्जलस साँच्चै विशेष छ भनेर सल्लाह दिए,’  सनले स्मित मुद्रामा भने।

सनले टोटनह्याममा १० सिजन बिताउँदा १७३ गोल गरेका थिए। उनले २०२१–२२ सिजनमा प्रिमियर लिग गोल्डेन बुट जित्दै इतिहासमा सो पुरस्कार जित्ने पहिलो एसियाली खेलाडी बनेका थिए। त्यसअघि उनले बायर लेभरकुजेनबाट बुन्डेसलिगा खेलेका थिए।

पी–१ भिसा पाएपछि ३३ वर्ष पुगेका सन शनिबार शिकागोमा हुने खेलमार्फत एलएएफसीका लागि डेब्यु गर्ने सम्भावना छ। ‘हो, म बुढो भएको ठान्न सकिन्छ,’ उनले मुस्कुराउँदै भने, ‘तर, मेरो शारीरिक अवस्था अझै उत्कृष्ट छ, खुट्टा तीव्र छन् र मसँग अझै गुणस्तरीय खेल छ। म जित्न यहाँ आएको हुँ… म प्रदर्शन गर्नेछु र तपाईंहरूलाई उत्साहपूर्ण केही देखाउनेछु। हामीले सफलता पक्कै पाउनेछौं।’ 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो