ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

काठमाडौं। नेपालले ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
भारतमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्न्न पहिलो खेलमा नेपालले श्रीलंकालाई ९ विकेटको पराजित गरेको हो। श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालकी ओपनर मनकेसी चौधरीले सर्वाधिक ६१ रन बनाए। २२ बल खेलेकी उनले अविजित रहँदै ११ चौका प्रहार गरिन्। बिनिता पुन १३ रनमा आउट हुँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो।
मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाइन्। २९ बल खेलेकी उनले २ चौका प्रहार गरिन्। सान्दुनी सौमाया १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालकी कान्ती योगीले सर्वाधिक ३ विकेट लिइन्। बिनिता पुन र लक्ष्मी लामाको नाममा समान १ विकेट रह्यो।












-1762856022963.jpg&w=3840&q=75)

