काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमाडौं। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले जाम्बोरी एजुकेसनसँग नलेज पार्टनरको रुपमा सम्झौता गरेको हो ।
जाम्बोरीले एक दशकभन्दा बढि समय देखि विधार्थीहरुलाई स्याट, टोफेल, आइएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तराष्ट्रिय परिक्षाको तयरीसँग अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्यनका लागि उपयुक्त विश्वविधालय छनोट र आवेदन प्रकृयामा मार्गदर्शन गर्दै आएको छ ।
मंसिर १ गतेदेखि सुरु हुने दोस्रो संस्करणको एनपीएलमा काठमाडौं गोर्खाजले आफ्नो टाउजरमा जाम्बोरी एजुकेसन नेपालको लोगो लगाएर खेल्ने छ । एनपीएलको पहिलो दिनको खेलमा गोर्खाजले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाज अहिले एनपीएलको तयारीका लागि व्यस्त रहेको छ ।
दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुली बीच एक औपचारिक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।
गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरी एजुकेसन नेपालले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले भने, ‘हामी सधैं विद्यार्थीहरूलाई गुणस्तरीय परीक्षा तयारी सेवा प्रदान गर्न प्रतिबद्ध छौं । एनपीएल युवाहरूको उर्जा र उत्साहको प्रतीक हो, त्यसैले काठमाडौं गोर्खाजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित र गर्वित छौं ।’ उनले शिक्षा र खेल दुवै युवाको क्षमता र अनुशासन विकास गर्ने महत्वपूर्ण माध्यम भएको जनाए ।
काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकसँग, गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरको रुपमा एक्सट्रिम इनर्जी ड्रिङ्कसँग, अफिसियल एजुकेशन पार्टनरको रुपमा आईआईएमएस कलेजसँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।














