मेसीको चोट सामान्य

काठमाडौं। इन्टर मियामीका कप्तान लिओनल मेसीको दाहिने खुट्टामा सामान्य मांसपेशी चोट देखिएको क्लबले सोमबार जनाएको छ।
आइतबार बिहान नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआती मिनेटमै घाइते उनी भएका मेसीको अवस्था गम्भीर भने छैन।
नेकाक्साका दुई डिफेन्डरसँगको चुनौतीमा लड्दा मेसीले असजिलो महसुस गरेका थिए। उनले खेलको ११औं मिनेटमै मैदान छाडेका थिए। इन्टरले सो खेल पेनाल्टी सुटआउटमा जितेको थियो।
घटनापछि मेसीको दाहिने खुट्टाको परीक्षण गरिएको थियो। इन्टरले एक विज्ञप्ति जारी गर्दै मेसीको पुन: खेल मैदान फर्किने समय उपचारमा उनले कस्तो प्रतिक्रिया देखाउँछन् भन्नेमा भर पर्ने बताएको छ।
खेलको १०औं मिनेटतिर लडेपछि मेसीले निराश हुँदै मैदानमा तालि बजाएका थिए। त्यसपछि उनी सुस्त रूपमा बेञ्चतर्फ हिँडेका थिए र पिचमै बसेका थिए।
ट्रेन्डरहरूले उनको दाहिने तीघ्राको माथिल्लो भागमा केही बेर उपचार गरेपछि उनलाई फेडेरिको रेडोन्डोले प्रतिस्थापन गरेका थिए।
मैदान छाडेपछि लगत्तै उनी ड्रेसिङ रुमतर्फ गएका थिए। खेलपछि मियामीका प्रशिक्षक हाभिएर माश्चेरानोले मेसीको चोट गम्भीर नभएको बताएका थिए।
तर, आउने बुधबार युएनएएम पुमासविरुद्धको अर्को लिग्स कप खेलमा उनी उपलब्ध हुने सम्भावना कम देखिन्छ।






-1762997834781.jpeg&w=3840&q=75)






