दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
आइतबार, साउन १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ युथ लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न रोमाञ्चक खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गरेको हो।
जितसँगै मछिन्द्रले १० खेलबाट २३ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।
पराजित हिमालयन शेर्पा भने समान खेलमा १४ अंकसहित आठौं स्थानमा रहेको छ।
मच्छिन्द्रलाई जित दिलाउन करण धामी, साइप्रस डंगोल गोविन्द विकले समान एक–एक गोल गरे।
हिमालयन शेर्पाका लागि जिनिल सुब्बा र युगेन खत्रीले गोल गरे।






-1762997834781.jpeg&w=3840&q=75)






