जावलाखेलको गोल वर्षा
आइतबार, साउन १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। जावलाखेल युथ क्लबले एन्फा यु–१६ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबमाथि गोलको वर्षा गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा जावलाखेलले एकतर्फी प्रदर्शन गर्दै ७–० को सानदार जित दर्ता गरेको हो।
यस जितसँगै जावलाखेल १० खेलमा १३ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ। लिगको सबै १० खेलमा पराजित सातदोबाटो अंकविहीन रहँदै पुछारमै छ।
जावलाखेललाई जित दिलाउन पुजन सुनारले दुई गोल गरे भने समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा र विविधराज राईले समान एक–एक गोल थपे।






-1762997834781.jpeg&w=3840&q=75)






