समीक्षा, सेनु, सुक्रिया र अनिशा संकटामा
आइतबार, साउन १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–२० महिला टोलीका थप चार खेलाडीलाई संकटा फुटबल क्लबले अनुबन्ध गरेको छ।
एन्फा महिला लिग छनोट प्रतियोगितालाई लक्षित गर्दै अनिशा राई, सेनु परियार, सुक्रिया मियाँ र समिक्षा मगरलाई अनुबन्ध गरेको हो।
फरवार्ड समीक्षा मगरले साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन ३ गोल गरेकी थिइन्। अर्की फरवार्ड सेनु परियारले २ गोल गरिन्। सुक्रियाले मिडफिल्ड र अनिशाले डिफेन्स सम्हालेकी थिइन्।
संकटाले यसअघि नै यु–२० टोलीकी शीर्ष स्कोरर पूर्णीमा राईलाई अनुबन्ध गरिसकेको छ। उनले साफमा १० गोल गरेकी थिइन्।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






