सन अमेरिका जाने चर्चा
आइतबार, साउन १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। १० वर्ष बिताएपछि कप्तान सन ह्युङ-मिनले इङ्लिस प्रिमियर लिग क्लब टोटनह्याममा छाड्ने घोषणा गरेका छन्।
दक्षिण कोरियाका ३३ वर्षीय फरवार्ड सनले शनिबार दक्षिण कोरियाको सियोलमा पत्रकार सम्मेलन गर्दै यो समरमा क्लब छाड्ने निर्णय लिएको बताए।
यो निर्णय उनले आफ्नो करिअरकै सर्वाधिक कठिन निर्णय भएको भन्दै क्लबले नयाँ गन्तव्य खोज्नमा साथ दिएको पनि बताए। सम्भावित गन्तव्यमध्ये अमेरिकी क्लब एलएएफसी (एलए एफसी) को चर्चा भइरहेको छ।
आइतबार सियोलमै न्युक्यासल युनाइटेडविरुद्धको प्रि–सिजन खेल सनको टोटनह्यामका लागि अन्तिम खेल हुनसक्ने अनुमान गरिएको छ।
सनले टोटनह्यामका लागि ४५४ प्रतिस्पर्धात्मक खेलमा १७३ गोल गरेका छन्। सम्मेलनको सुरुमा उनले भने, ‘मैले यो समरमा क्लब छाड्ने निर्णय गरेको छु र क्लबले मेरो निर्णयमा सहयोग गरिरहेको छ।’






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






