शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’

अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’

२०२५ जुलाई २९, मङ्गलबारखेलपाटी संवाददाता

अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’

काठमाडौं। अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज ५–० ले ‘क्लिन स्वीप’ गर्दै ऐतिहासिक सफलता हात पारेको छ।

सोमबार सेन्ट किट्सको बासेटेर्रेमा सम्पन्न अन्तिम खेलमा अस्ट्रेलियाले ३ विकेटको रोमाञ्चक जित निकाल्दै पाँचौं जित दर्ता गरेको हो।

बेन ड्वार्सहुइसको उत्कृष्ट बलिङ प्रदर्शनले अस्ट्रेलियालाई जिततर्फ डोर्‍याएको थियो। वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १८ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो।

अस्ट्रेलियाका लागि मिचेल ओवेनले १७ बलमा ३७ रन बनाउँदै सर्वाधिक स्कोर गरे। त्यस्तै, क्यामरुन ग्रिनले ३२, टिम डेभिडले ३० र एरन हार्डीले अविजित २८ रनको योगदान दिए।

अस्ट्रेलियाली पुरुष टोलीले वेस्ट इन्डिजको भूमिमा पहिलोपल्ट सिरिजमा ५–० को जित दर्ता गरेको हो। कप्तान मिचेल मार्शले भने,‘सिरिजको सुरुआतमा ५–० को अपेक्षा गरेका थिएनौं, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। चौथो खेलपछि नै हामीले क्लिन स्वीप गर्ने योजना बनाएका थियौं।’

मार्शले थपे,‘हामीले यात्रा अघि नै लचिलो योजना बनाएका थियौं। टी–२० क्रिकेटमा अहिले सबै टोलीहरू आक्रामक बनेका छन् र यो निकै रोमाञ्चक छ।’

वेस्ट इन्डिजका समर्थकहरू निराश बने। विशेषगरी अस्ट्रेलियाले पाँचौं पटक टस जित्दै पहिला बलिङ रोजेपछि। वेस्ट इन्डिजले निर्धारित २० ओभरमा १७० रन बनाएको थियो, जसमा शिमरोन हेटमायरको ३१ बलमा ५२ रन मुख्य आकर्षण बन्यो।

ड्वार्सहुइसले हेटमायरसहित ओपनर ब्रान्डन किंग (११) र शाई होप (९) का विकेट लिएका थिए। म्यान अफ द म्याच घोषित ड्वार्सहुइसले भने,‘पिच अलिकति ढिलो थियो, त्यसैले हामीले विकेटमा बल हान्ने र स्लोअर डेलिभरी प्रयोग गर्ने रणनीति अपनायौं। यो चुनौतीपूर्ण वातावरणमा टोलीसँग जित हात पार्न पाउनु अविश्वसनीय अनुभव रह्यो।’

अब अस्ट्रेलिया दक्षिण अफ्रिकासँगको एकदिवसीय तथा टी–२० सिरिजका लागि स्वदेश फर्किनेछ भने वेस्ट इन्डिजले पाकिस्तानसँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ।
 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’