ब्याटिङमै नेपालको संघर्ष
२०२५ जुन २०, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं। नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध ब्याटिङमा संघर्ष गर्न थालेको छ।
सिरिजको अन्तिम खेलमा नेपालले १९४ रनको विशाल लक्ष्य पछ्याइरहेको छ। तर, नेपालले खेल आधामा पुग्दा नै ६ विकेट गुमाइसकेको छ। नेपालको स्कोर बोर्डमा भने ८७ रन छ। ओपनर भुर्तेल ४ रनमै पभिलियन फर्किए। उनले ४ बल खेलेका उनले १ चौका मात्रै प्रहार गर्न सके।
उनी पहिलो ओभरको चौथो बलमै ब्रान्डन म्याकमुलनको बलमा फिनले म्याकार्थीबाट क्याच भएका हुन्।
तेस्रो नम्बरका भीम सार्कीले १० बलमा २ चौकासहित १२ रन बनाए। अर्का ओपनर ७ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाउँदै रन आउट भए। लगत्तै आरिफ शेख ५ रनमा बोल्ड भए।
२० बलमा ४ चौका प्रहार गरेका कप्तान रोहितकुमार पौडेल पनि २७ रनमा क्याच भए। लोकेश बमले ५ रन थप गर्दिए।