नेपालले भारतलाई हरायो
शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले हङकङ सिक्समा भारतलाई पराजित गरेको छ। शनिबार सम्पन्न बाउलको पहिलो खेलमा भारतलाई ९२ रनले पराजित गरेको हो।
नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो।
टोलीका भारत चैपिली र प्रियांक पन्चालले समान १२ रन बनाए। अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। नेपालका राशिद खानले सर्वाधिक ३ विकेट लिए। बसिर अहमदले २ र रुपेश शिंहले १ विकेट राखे।
त्यसअघि नेपालले निर्धारित ६ ओभरमा कुनै पनि विकेट नगुमाई १३७ रन बनाएको थियो।
राशिदले सर्वाधिक ५५ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे। उनी रिटायर्ड हर्ट भए।
कप्तान सन्दीप जोरा ४७ र लोकेश बम ३१ रनमा अविजित रहे।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

