हारबाट जोगियो नव जनजागृति
शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। काँक्रेविहार युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा अंक बाँडेको छ।
मकवानपुरस्थित गौरिटार रंगशालामा शनिबार सम्पन्न खेलमा काँक्रेविहारले नव जनजागृति युवा क्लबसँग १–१ को बराबरी खेलेको हो।
योसँगै काँक्रेविहारले २ खेलबाट ४ अंक पुर्याएको छ। नव जनजागृति युवा क्लबको १ अंक छ।
काँक्रेविहारका आशिष चापागाईंले गोल गरे। नव जनजागृति युवा क्लबका रुजन न्यौपानेले गोल फर्काए।
३८औं मिनेटमा आशिषले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयमा रुजनले बराबरी गोल फर्काए।







_1727591754-1766731628489.jpg&w=3840&q=75)


-1766811430207.jpeg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)