आर्यनले लिए कुशलको विकेट
२०२५ जुन १९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। स्पिनर आर्यन दत्तले स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजमा ब्रेक थ्रु दिलाएका छन्।
टोलीका लागि खतरा बन्दै गएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई उनले क्याच गराएका हुन्। योसँगै नेपालले चौथो विकेट गुमाएको छ।
कुशलले इनिङ्स होल्ड गरेर खेलिरहेका थिए। ५१ बलमा ६ चौकासहित ६५ रन बनाएका उनलाई दत्तले १५.४ ओभभरमा नोआ क्रोशबाट क्याच गराएका हुन्।