हैरान्सको जितमा रोशनको २ गोल
शनिबार, कार्तिक २३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। रोशन दोङको २ गोलसँगै हैरान्स युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा पहिलो जित निकालेको छ।
मकवानपुरस्थित गौरिटार रंगशालामा शनिबार सम्पन्न खेलमा खेलमा हैरान्सले टाइगर्स टिमलाई ५–२ ले पराजित गरेको हो।
योसँगै हैरान्सले २ खेलबाट ३ अंक जोडेको छ। समान खेलबाट टाइगर्सको पनि समान अंक छ। हैरान्सका रोशनबाहेक समिराज ठोकर, विश्व लामा र अनिश महर्जनले गोल गरे। टाइगर्सका विशेष लामाले २ गोल गरे।










