टी–२० आईमा कुशलको ११औं अर्धशतक
बिहिबार, असार ५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी–२० आईमा १२औं अर्धशतक पूरा गरेका छन्।
स्कटल्यान्डमा जारी टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले अर्को अर्धशतक प्रहार गरेका हुन्। उनले ५० रन बनाउन ३८ बल खेले। यसक्रममा उनले ६ चौका प्रहार गरे।
कुशल नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी हुन्। उनलाई १० अर्धशतकसहित दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।













