माइकलको आक्रामक ब्याटिङ, नेपाललाई मध्यम लक्ष्य
२०२५ जुन १९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। माइकल लेभिटको आक्रामक ब्याटिङसँगै नेदरल्यान्ड्सले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
नेदरल्यान्ड्सका ओपनर लेभिटले सर्वाधिक ८६ रन बनाए। ५३ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। सकिब जुल्फिकर १४
रनमा आउट हुँदा रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेदरल्यान्ड्स ठूलो लक्ष्य दिनबाट चुक्यो।
नेपालका करण केसीले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १ विकेट आफ्नो नाममा लेखाए।