एजेन्सी । फिफा विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले आयोजक रुसविरुद्ध दुई गोलले अग्रता बनाएको छ ।
सामरा एरिनामा उरुग्वेले पहिलो हाफमै २ - ० को अग्रता बनाएको हो । खेलको २३ औं मिनेटमा रुसका डेनिस चेरिसेभले आत्मघाती गोल गरेपछि उरुग्वेले २ - ० को अग्रता बनाएको हो ।
डिएगो लाजलाटको कडा प्रहार चेरीसेभलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि लुइस स्वारेजले खेलको १० औं मिनेटमा गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा गोल गरे ।
समूह ए मा रहेको उरुग्वे र रुसबीच समूह विजेता बन्ने होडमा रहेका छन् । यो समूहबाट दुई टोली नै नकआउट चरणमा प्रवेश गरिसकेको छ ।