नेपाल र पाकिस्तानबीचको तेस्रो खेल स्थगित
शुक्रबार, १८ माघ २०७५खेलपाटी संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तानबीचको तेस्रो टी-ट्वान्टी खेल वर्षाको कारण स्थगित भएको छ।
नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमबीचको तेस्रो खेल फैसलावादमा आज हुने तय भएको थियो । तर, बिहिबारबाट निरन्तर परेको वर्षाका कारण खेल सञ्चालन हुन नसकेपछि खेल स्थगित गरिएको हो ।
फैसलावादस्थित एकवाल स्टेडियममा आज हुने भनिएको खेल शनिबार इस्लामावादमा हुने बताईएको छ । यसअघि बिहिबार भएको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको थियो ।
पाँच खेलको सिरिजका लागि पाकिस्तान पुगेको नेपालले सिरिजमा १-० को अग्रता बनाएको छ । लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो।











-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)