काठमाडौं। ‘डेर क्लासिकर’मा बोरुसिया डर्टमुन्डले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बायर्न म्युनिखलाई २–२ को बराबरी गरेको छ। यो नतिजासँगै डर्टमुन्डले बायर्नलाई शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउनबाट रोक्न सफल भएको छ।
दोस्रो हाफमा म्याक्सिमिलियन बाइअरले डर्टमुन्डलाई अग्रता दिलाएपछि। बायर्नका दुई वैकल्पिक खेलाडी सर्ज ग्नाब्री र राफाएल गुएरेइरोले चार मिनेटको अन्तरमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेका थिए।
तर, ७५औं मिनेटमा सेर्हु गुइरासीले प्रहार गरेको बल रिबाउन्डमा फर्किएपछि वाल्डेमार एन्टोनले गोल गर्दै खेल बराबरीमा ल्याए। बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले एक सुनौलो मौका गुमाए भने डर्टमुन्डका गोलकिपर ग्रेगर कोबेलले उत्कृष्ट प्रदर्शन गरे।
बायर्नका अनुभवी खेलाडी थोमस मुलरले दुर्लभ रूपमा खेल सुरुआत गरे। क्लबले उनको अनुबन्ध नबढाउने घोषणा गरेपछि समर्थकबाट विशेष सम्मान पाए। उनले खेलपछिको अन्तर्वार्तामा भने,‘यो गोलको मौका गुमाएको खेल हो।’
बायर्नले बायर लेभरकुजेनको युनियन बर्लिनसँगको गोलरहित बराबरीको फाइदा उठाउन सकेन। बायर्न अब पाँच खेल बाँकी रहँदा ६ अंकले अगाडि छ।
बायर्नको अर्को चुनौती च्याम्पियन्स लिगमा हुनेछ, जहाँ उसले इन्टर मिलानसँग दोस्रो लेगमा गोल अन्तरबाट पछि परेको अवस्था उल्टाउनु पर्नेछ। उल्लेखनीय कुरा के छ भने यस वर्षको फाइनल म्युनिखमै हुँदैछ।