बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्सनलको प्रिमियर लिग जित्ने सम्भावना लगभग समाप्त

आइतबार, चैत ३०, २०८१खेलपाटी संवाददाता
आर्सनलको प्रिमियर लिग जित्ने सम्भावना लगभग समाप्त
Classic Tech Internet Ad

काठमाडौं। योएनने विस्साको लेट इक्क्वलाइजर गोलसँगै आर्सनलको इङ्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावना लगभग समाप्त भएको छ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा शनिबार सम्पन्न खेलमा विस्साको अन्तिमतिरको गोलसँगै ब्रेन्टफोर्डसँग आर्सनल १–१ को बराबरीमा रोकिएको हो। थोमस पार्टेले दोस्रो हाफमा अर्सनललाई अग्रता दिलाएका थिए।

तर, विस्साले ७४औं मिनेटमा बराबरी गोल गर्दै खेलको नतिजा उल्टाए। यो नतिजासँगै आर्सनल शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १० अंकले पछि परेको छ, जसले आइतबार वेस्ट ह्यामसँग खेल्नेछ।

लिभरपुलले अब बाँकी सात खेलबाट केवल नौ अंक हासिल गरे प्रिमियर लिगको उपाधि जित्नेछ। यो सन् २०२० पछिको पहिलो र कुल २०औं उपाधि हुनेछ।

गत मंगलबार रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको पहिलो लेगमा ३–० को प्रभावशाली जित निकालेपछि उच्च आत्मबलमा हासिल गरेको आर्सनलले त्यस लय कायम राख्न सकेन। 

प्रशिक्षक मिकेल आर्टेटाले रियलसँगको दोस्रो लेगलाई ध्यानमा राख्दै बुकायो साका, मार्टिन ओडेगार्ड, मिकेल मेरिनो, जुरियन टिम्बर र माइल्स लुइस–स्केलीलाई विश्राम दिएका थिए। खेलको सुरुआतमै गेब्रिएल मार्टिनेलीले गोल गर्ने प्रयास गरे। तर, ब्रेन्टफोर्डका गोलकिपर मार्क फलेकनले उत्कृष्ट बचाउ गरे।

२६औं मिनेटमा किरण टियरनीले हेडरमार्फत गरेको गोललाई प्रिमियर लिगमा पहिलोपटक प्रयोग गरिएको सेमी–अटोमेटेड अफसाइड सिस्टमले अस्वीकृत गर्‍यो।
डेक्लान राइस र लिआन्द्रो ट्रोसार्डका प्रयास पनि गोलकिपर फलेकनले रोक्दै पहिलो हाफ बराबरीमा समाप्त गरे।

६१औं मिनेटमा डेविड रायाले कर्नर समातेर बल राइसलाई पास गरे। डिफेन्स पार गर्दै बल थोमस पार्टीलाई पास गरे र उनले बल जाली चुमाए।

जित सुनिश्चित गर्न आर्टेटाले साका, ओडेगार्ड र लुइस–स्केलीलाई मैदानमा उतारे। तर, ब्रेन्टफोर्डले ७४औं मिनेटमा नाथन कोलिन्सको हेडर र मिकाएल कायोडेको क्रसको फाइदा उठाउँदै विस्साले गोल गरे।

साकाले खेल अन्त्यतिर गोल गर्ने राम्रो मौका पाएका थिए। तर, उनको प्रहार कमजोर रह्यो। त्यसपछि उनले स्टपेज टाइममा अर्को प्रयास गरे। तर, बल पोस्टको छेउबाट बाहिरियो। अन्तिम केही मिनेट आर्सनलले जोर्गिन्होको चोटका कारण १० खेलाडीमा खेल्नुपरेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित