काठमाडौं। झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा जितविहीन यात्रा चार खेलमा लम्ब्याएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलमा झापाले पोखरा थन्डर्सवरुद्ध १–१ गोलको बराबरी खेलेको हो। जारी प्रतियोगितामा झापाको यो चौथो बराबरी हो।
यता, पोखराको भने यफ दोस्रो बराबरी हो। पाँच खेलबाट पाँच अंक पुर्याएको पोखरा चौथो स्थानमा उक्लिएको छ। झापा भने चार अंकसहित छैटौं स्थानमा यथावत छ।
पोखराका स्टेफन समीर बिनोङले गोल गरे। अर्सिक लाजारले गोल फर्काउँदै झापाको हार टारे।
पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तर, दोस्रो हाफको सातौं मिनेटमै बिनोङको गोलमार्फत पोखराले सुरुआती अग्रता लियो। आयुष घलानले दिएको पासलाई जो आइडुले छाडेका थिए। उक्त बललाई बिनोङले बक्सबाट प्रहार गर्दा गोलकिपर एञ्जल श्रेष्ठले रियाक्ट गर्नै पाएनन्।
तर, ६५औं मिनेटमै झापा खेलमा फर्कियो। एकराज बुढाथोकीले उज्जवल राईलाई करिब २५ यार्डमा लडाएपछि झापाले फ्रिकक प्राप्त गरेको थियो। पहिलो बारको कुनामा च्या्दै लाजारले प्रहार गरेको फ्रिककलाई पोखराका गोलकिपर प्रिसोले बचाउन सकेनन्। योसँगै दुवै टोलीले बराबरीमा चित्त बुझाए।