काठमाडौं । दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय इटहरी गोल्डकप प्रतियोगितामाको पहिलो सेमिफाइनलमा आज विभागीय त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय ट्रेनिङ सेन्टरबीच प्रतिष्पर्धा हुँदैछ ।
ईटहरीको क्षेत्रीय रंगशालामा हुने पहिलो समिफाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको विजेताले माघ १९ गते नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबबीच विजेतासँग खेल्नेछ ।
आर्मी मोफसलको प्रतियोगितामा लगातार चौथो पटक फाइनल पुग्ने दाउमा रहेको छ ।
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथौ स्थानमा रहेको आर्मीले रुस्लान थ्री स्टार क्लबलाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । यता, मेची नेत्रालय ट्रेनिङ सेन्टरले पहिलो खेलमा क्यामरुनको दाफिनान्स क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
अर्काे सेमिफाइनलमा भोली नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । ८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।