काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि ११ वटा उपसमिति गठन गरेका छन् ।
खेलकुद मन्त्री चौधरीले राखेपका बोर्ड सदस्यहरुको संयोजकत्वमा ११ वटा उपसमिति गठन गरेका हुन् ।
विषय उप समिति अन्तर्गत समारोह उपसमितिमा रञ्जना प्रधान संयोजक रहेकी छिन् भने अर्की बोर्ड सदस्य नन्दा बस्याल सदस्य रहेकी छिन् ।
प्राविधिक उपसमितिको संयोजकमा भानबहादुर चन्द, स्वास्थ्य उपसमितिको संयोजकमा जगतसिंह धामी, सुरक्षा प्रबन्ध उपसमिति संयोजकमा प्रदेश प्रहरी प्रमुख, प्रदेश प्रहरी कार्यालयलाई जिम्मेवारी दिईएको छ ।
खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिमा कमल प्रसाद भट्टराई संयोजक, स्रोत परिचालन उपसमितिमा अन्जन धमला संयोजक, प्रचार प्रसार उपसमितिमा प्रकाशकुमार कुसारी संयोजक, व्यवस्थापन उपसमितिमा सुवर्ण श्रेष्ठ संयोजक, एन्टी डोपिङ उपसमिति संयोजकमा असीम भण्डारी संयोजक, अनुसन्धान उपसमिति संयोजकमा हिमालकुमार श्रेष्ठ र पुनरावेदन उपसमिति संयोजकमा अनन्दकुमार झा संयोजक रहेका छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता निर्देशिकामा कार्यसम्पादन समितिको संयोजकको रुपमा राखेप सदस्य सचिवले मन्त्रीको परामर्शमा उपसमिति गठन गर्ने प्रावधान छ । तर खेलकुद मन्त्री चौधरी आफैले उप समिति संयोजक र सदस्य तोकिदिएका छन् ।
