काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्स बिक्री भएको छ।
हिमालयन बिल्डर्स स्वामित्वमा रहेको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो। टिम अक्सनमा कर्णाली सबैभन्दा सस्तो मूल्यमा अक्सनबाटबिक्री भएको थियो।
कर्णालीलाई एक करोड ११ लाखमा खरिद गरेर हिमालयन बिल्डिर्स एनपिएलमा आएको थियो। पहिलो सिजनमा शिखर धवनजस्ता अन्तर्राष्ट्रिय स्टारलाई आबद्ध गरेर राम्रो चर्चा यस टिमले कमाएको थियो।
पहिलो सिजनमै क्वालिफायरसम्म पुगेर तेस्रो बनेको कर्णालीले दोस्रो सिजनमै नयाँ मालिक पाउने छ। स्रोतका अनुसार हिमालयन बिल्डर्सले नाफा आउने गरी कर्णालीलाई बिक्री गरेको छ। पहिलो संस्करणको एनपीएलमा टिमहरूले आठदेखि १२ करोडसम्म खर्च गरेका छन्।
नेपाली क्रिकेटको महत्त्वाकांक्षी परियोजना एनपिएलको स्थायित्वको विषयमा चिन्ताको विषय रहँदै आएको छ।