काठमाडौं । नेपाल क्लाइम्बिङ्ग स्पोर्ट्स एसोसिएसन (एनसिएसए)को आयोजनामा आज शुक्रबारदेखि नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप सुरु भएको छ ।
वोङ्छु पिक एण्ड मुसा मसला मुख्य प्रायोजक रहेको प्रतियोगिता शुक्रबार विहान ८ वजे सुरु भएको हो । प्रतियोगिताको औैपचारिक उद्घघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले गरेका छन् ।
उद्घाटन शत्रमा सदस्य सचिव घिसिङ्गले ओलम्पिक स्पोर्ट्समा रहेको खेल भएकाले नेपालमा धेरै सम्भावना रहेको बताए ।
संघका अध्यक्ष रमेश पौडेलले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले कार्यक्रम सफलताको शुभकामना दिए ।

साहासीक तथा पर्यटन र खेलकुद क्षेत्रका विभिन्न उगुवाहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न प्रदेशका ६ जना महिला र १३ जना पुरुष गरी कूल १९ खेलाडीको सहभागिता छ ।
शनिबार समापन हुने कार्यक्रमको उद्घाटन दिनमा पुरुषहरुको बोल्डरिङ र लिडको क्वालिफाईनर राउन्ड पूरा भएको छ । शुक्रबार ८ जना खेलाडी फाईनल खेलका लागि छनौट भएका छन् ।
काठमाडौंको कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरमा प्रतियोगिता सञ्चालन भैरहेको संघका अध्यक्ष रमेश पौडेलले बताए ।
राष्ट्रिय स्तरको प्रतियोगिता क्लाईम्बिङ्ग स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघको विधि अनुसार वोल्डरीङ र लिड कम्वाईन अनुशासनमा पहिलो पटक नेपालमा खेलाईएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन् ।