काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौं खेलमा ९२ रनको लक्ष्य पाएको छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।
युगान्डाकी मध्यक्रमकी ब्याटर रिता मुसमालीले सर्वाधिक ३८ रन जोडिन्। ४८ बल खेलेका उनले तीन चौका प्रहार गरे।
इथर इलोकु २२ रनमा आउट हुँदा स्टेफानी नामपिना १३ रनमा अविजित रहिन्। अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन।
नेपालकी रिया शर्माले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १६ रन खर्चिइन्। पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीको नाममा समान एक विकेट रह्यो।