काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो। लुम्बिनीले तीन खेलबाट चार अंक पुर्याएको छ।
लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई २६ रनले पराजित गरेको थियो। दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसँग ८७ रनले पराजित भएपछि लुम्बिनीले विभाग बाहिरको टोलीविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको हो।
गण्डकीको भने यो दोस्रो हार हो। सुदूरपश्चिमसँग गण्डकी ६ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा कर्णालीलाई चार विकेटले पराजित गरेको थियो।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले नौ विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।