काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा टस हारेको छ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेको हो। योसँगै नेपालले पहिला फिल्डिङको निम्तो पाएको छ।
तीन खेलमा पराजय बेहोरेको नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनिसकेको छ। नेपाललले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई ६ विकेटको जित सुम्पिएको थियो।
यद्यपि, दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखायो। तर, तेस्रो खेलमा भने कप्तान इन्दु बर्माको खराब कलिङका कारण रुबिना क्षेत्री, बिन्दु रावल र कविता जैशीजस्ता ब्याटर रन आउटको सिकार हुँदा हङकङसँग नेपाल दुई रनले पराजित हुन पुग्यो।
बुधबार भएको चौथो खेलमा पनि ब्याटिङ नचल्दा नेपाल नामिबियासँग नेपाल २३ रनले पराजित हुन पुग्यो। नेपाल चार देशसम्मिलित प्रतियोगिताको अंक तालिकाको पुछारमा छ।