मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

बिहिबार, फागुन २९, २०८१खेलपाटी संवाददाता
महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशका अलराउन्डर महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका छन्।

३९ वर्षीय क्रिकेटरले सन् २०२१ मा टेस्ट र २०२४ मा टी–२० आईबाट सन्न्यास लिइसकेका थिए। एकदिवसीय क्रिकेटबाट पनि आफूले सन्न्यास लिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

महमुदुल्लाहले एकदिवसीयमा बंगलादेशका लागि चौथो सर्वाधिक रन बनाउने खेलाडीको रूपमा आफ्नो करियर समाप्त गरे। एकदिवसीय खेलमा उनले ३६.४६ को औसतमा पाँच हजार ६८९ रन बनाएका छन्, जसमा चार शतक र ३२ अर्धशतक समावेश छन्। 

बंगलादेशका लागि एकदिवसीय खेलमा मुशफिकुर रहिम, शकिब अल हसन र तमिम इकबालले महमुदुल्लाहभन्दा बढी रन बनाएका छन्।

मुशफिकुरले एकदिवसीयबाट सन्न्यास लिएको एक हप्तापछि महमुदुल्लाहले उनको पदचाप पछ्याएका हुन्। बंगलादेश च्याम्पियन्स ट्रफीबाट बाहिरिनुको मुख्य दोष यी दुई खेलाडीमाथि लगाइएको थियो। 

महमुदुल्लाहका चारै शतक आइसिसीका प्रतियोगितामा बनेका हुन्। तीमध्ये तीन एकदिवसीय विश्वकपमा र एक शतक सन् २०१७ च्याम्पियन्स ट्रफी बनेका हुन्।

यो कुनै पनि बंगलादेशी ब्याट्सम्यानले बनाएको आइसिसी प्रतियोगितामा सबैभन्दा धेरै शतक पनि हो। महमुदुल्लाहले सन् २००७ मा बंगलादेशका लागि डेब्यू गरेका थिए र मुख्यतया बलर थिए। यद्यपि, उनको करियरको टर्निङ प्वाइन्ट सन् २०११ को विश्वकपबाट भएको हो।

इङ्ग्ल्यान्डमाथि दुई विकेटको जितमा शफिकुल इस्लामसँग नवौं विकेटका लागि ५८ रन जोडे। सन् २०१५ को विश्वकपमा तेस्रो नम्बरमा ब्याटिङ गर्दै उनलेइङ्ग्ल्यान्ड र न्युजिल्यान्डविरुद्ध लगातार दुई शतक बनाए। उनले च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डविरुद्ध शतक बनाए र शकिब अल हसनसँग २२३ रनको साझेदारी गरे।

२०२३ को एकदिवसीय विश्वकप अघि महमुदुल्लाहलाई टोलीबाट बाहिर राखिएको थियो। तर, दक्षिण अफ्रिकाविरुद्ध टोलीको हारमा शतक बनाएर विश्वकपमा फर्किएका थिए। उनले सन् २०२४ मा पनि बंगलादेशका लागि नियमित अर्धशतक प्रहार गरे।

अफ स्पिनरको रूपमा महमुदुल्लाहको नाममा ८२ विकेट छन्। महमुदुल्लाहले कहिल्यै एकदिवसीयमा बंगलादेशको नेतृत्व गरेनन् तर उनले टेस्ट र टी–२० मा बंगलादेशको नेतृत्व गर्ने अवसर पाए।

महमुदुल्लाहको सन्न्याससँगै २००६ देखि बंगलादेशका लागि खेलेका सफल क्रिकेटरहरूको युगको अन्त्य पनि भएको छ। यस वर्ष मुशफिकुर र तमिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। शकिबले गत वर्ष टेस्ट र टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै च्याम्पियन्स ट्रफी आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका थिए। 

विभिन्न कारणले च्याम्पियन्स ट्रफी गुमाएपछि उनको अन्तर्राष्ट्रिय क्रिकेट पनि सकिएको छ भने मशरफे मोर्तजाले कप्तानी त्यागेपछि सन् २०२० मा बंगलादेशका लागि अन्तिम पटक एकदिवसीय खेलेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने