काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
क्यानले बुधबार सार्वजनिक गरेको नयाँ वर्गीकरणमा महिलातर्फत कप्तान इन्दु बर्मासहित चार खेलाडी ग्रेड ‘ए’ मा परेका छन्। यसअघि यो ग्रेडमा इन्दुसहित अलराउन्डरद्वय रुविना क्षेत्री र सीतारानामगर मात्रै थिए। यसपल्ट भने अर्का अलराउन्डर पूजा महतोलाई पनि यो ग्रेडमा बढुवा गरिएको छ।
नेपाललाई आइसिसी यु-१९ विश्वकप र एसिया कपमा पुर्याएकी पूजा यसअघि ग्रेड ‘सी’ मा थिइन्। यस्तै, ग्रेड ‘बी’ मा कविता कुँवर यथावत् छिन्।
ग्रेड ‘ए’ मा रहने खेलाडीले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। ग्रेड ‘बी’ लाई भने ३५ हजार रुपैयाँ दिइँदै आएको छ।
सन् २०२५ केन्द्रीय सम्झौतामा रहने खेलाडीहरुको सम्झौता अवधि ६ महिना (जनवरीदेखि जुनसम्म) को हुनेछ। त्यसपश्चात खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी ६ महिना (जुलाईदेखि डिसेम्बरसम्म) को लागि पुनः वर्गीकरण गरि केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ।
केन्द्रीय सम्झौतामा रहने महिला खेलाडी:–
ग्रेड ए – इन्दु बर्मा, पुजा महतो, रुविना क्षेत्री र सीता रानामगर
ग्रेड बी– कविता जोशी
ग्रेड सी – कविता कुवँर र सम्झनाकुमारी खड्का
ग्रेड डी – विन्दु रावल, अलिशाकुमारी यादव, मनीषा कुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सीमाना के.सी.
कृष्णा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी