काठमाडौं। सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार हुने भएको छ।
राष्ट्रिय उमा कुङफु संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १८ जिल्लाका १७५ खेलाडीको सहभागिता रहनेछ।
संघका उपाध्यक्ष भूपेन्द्र गुरुङका अनुसार सान्डा, ताइची र प्याटर्नमा गरी जम्मा ३९ स्पर्धामा खेल हुनेछ। सान्डामा १९, ताइचीमा ४ र प्याटर्नको वेयर ह्यान्ड र वेपनमा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
एकदिने प्रतियोगिताका खेलहरू चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा हुनेछ।