सनाले गरिन् सिनियर टोलीमा आइतबार डेब्यु
आइतबार, फागुन २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। युवा ब्याटर सना प्रविनले नेपाली सिनियर राष्ट्रिय टोलीमा आइतबार डेब्यु गरेकी छन्।
वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु टोली युगान्डाविरुद्धको खेलमार्फत उनले सिनियर टोलीमा डेब्यु गरेकी हुन्।
नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।
नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन्। तर, अर्को खेलमै उनले डेब्यु गर्ने अवसर प्राप्त गरेकी हुन्।
उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन्।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





